१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुन तस्करीको ‘स्वर्ग’


२१ वैशाख, काठमाडौँ । मुलुकको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल सुन तस्करीको ‘स्वर्ग’ बनिरहेको रहस्य सार्वजनिक भएको छ । साँढे ३३ किलो सुन सम्बन्धित व्यक्तिकोमा नपुगी गायब र सनम शाक्य हत्या प्रकरणको छानविनले त्रिभुवन विमानस्थल सुन तस्करीको ‘स्वर्ग’ बनिरहेको तथ्य सार्वजनिक गरेको हो ।

पहिलो पटक छानविन समितिले यतिधेरै मिहेनत गरेर सुन तस्करीको बारेमा छानविन गरिरहेको छ । समितिले विमानस्थलबाट हुने सुन तस्करीको पाटोलाई भित्रैसम्म पुगेर केलाउने प्रयत्न गरिरहेको छ । एउटै गिरोहले पाँच वर्षमा चार सय २१ पटक सुन तस्करी गरेको छ ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार साढेँ ३३ किलो सुनका मालिक गोरे भनिने चुडामणि उप्रेती र उनका सहयोगीले पाँच वर्षमा चार सय २१ पटक सुन तस्करी गरेका हुन । उनीहरुले त्रिभुवन विमानस्थलबाटै पाँच वर्षमा तीन हजार सात सय ९९ किलो ५ पाँच सय ५९ ग्राम (नेपाली मूल्य १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय ३१ रुपैंया बराबरको) सुन तस्करी गरेका हुन ।

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार ०५:४०