१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

कतारको जेलमा रहेका ९ नेपालीलाई आममाफी

११ पुस, काठमाडौं कतार सरकारले विभिन्न आरोपमा जेल सजाय भोगिरहेका ९ नेपालीलाई आममाफी दिएको छ । कतारको राष्ट्रिय दिवसका अवसरमा पारेर कतारस्थित केन्द्रीय कारागारमा सजाय भोगिरहेका ९ नेपाली कैदी-बन्दीहरुलाई कतार सरकारले आममाफीसहित रिहाइ गरेको हो ।

आममाफी पाएका नेपाली नागरिकहरुलाई नेपाल फिर्तीको तयारी गरिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । आममाफी पाएका ९ जनामध्ये राहदानी नभएकाहरु ४ जनाको नाममा यात्रा अनुमतिपत्र जारी गरिएको छ ।

प्रकाशित मिति : ११ पुष २०७६, शुक्रबार ०६:२२