१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

गुडिरहेको बसमा बम प्रहार, १२ जना घाइते


८ फागुन, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–३ बेलनदी नजिक गुडिरहेको बसमा बम प्रहार हुँदा १२ जना घाइते भएका छन् ।

काठमाडौंबाट दाङका लागि छुटेको ना६ख ७९१० नंको बसमा अज्ञात समूहद्वारा पेट्रोल बम प्रहार  भएको प्रहरीले जनाएको छ ।

घाइते तीन जनालाई थप उपचारका लागि बुटबल पठाइएको र अन्य घाइतेलाई सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झवीन्द्र भट्टराईले जानकारी दिए ।

बसमा समान्य क्षति हुनाका साथै घाइतेको अवस्था मध्यम रहेको र केही उपचारपछि घर फर्केेको प्रहरीले जनाएको छ । कसले बम प्रहार गरेको भन्ने कुरा खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७४, मंगलवार १८:२९