१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

हुरी बतासका कारण विद्युत्का १०० भन्दा बढी खम्बा भाँचिए


२० वैशाख, कपिलवस्तु । हुरी बतासका कारण जिल्लाका विभिन्न स्थानमा विद्युत्का १०० भन्दा बढी खम्बा भाँचिएका छन् । त्यसबाट तीन ट्रान्सफर्मर पनि खसेको छ । यशोधरा गाउँपालिकाको भंडेहर, कृष्णनगर नगरपालिकाको कर्मा र मायादेवी गाउँपालिकाको अभिरावमा ट्रान्सफर्मर खसेको नेपाल विद्युत् प्राधिकरण तौलिहवा शाखाले जनाएको छ ।

बुधबार राति अाएको हुरीले भाँचिएका खम्बा, तार र खसेको ट्रान्सफर्मरका कारण करीब रु ३० लाख बढीको नोक्सानी भएको शाखा प्रमुख हिमांशु यादवले बताउनुभयो । जिल्लाका बर्रोहिया, पकडी, हथिहवालगायत पूर्वीतर्फका गाउँमा विद्युत् खम्बा भाँचिएका कारण यस क्षेत्रको विद्युत्लाइन अवरुद्ध भएको छ । विद्युत्लाइन सञ्चालन गर्न बिहान सबेरैदेखि प्राविधिकको टोलीसहित आफूहरु फिल्डमै खटिएको कार्यालय प्रमुख यादवले बताउनुभयो ।

प्रकाशित मिति : २० बैशाख २०७५, बिहीबार २१:३३