जनवरीबाट मलेसियाका सबै श्रमिकको न्यूनतम पारिश्रमिक बढ्ने
१० पुस, काठमाडौं । जनवरी २०२० देखि लागू हुने गरी मलेसियाको सरकारले सबै श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने तयारी गरेको छ । त्यहाँको मानव संसाधन मन्त्रालयले सन् २०२० जनवरी १ तारिखबाट सबै स्वदेशी तथा विदेशी श्रमिकको पारिश्रमिक बढाउने भएको हो ।
मन्त्रालयका अनुसार जनवरी १ देखि सबै श्रमिकको न्यूनतम तलब १२ सय रिङ्गिट हुने भएको छ ।
तलब बढेपछि श्रमिकले न्यूनतम मासिक तलब करिब ३३ हजार नेपाली रुपैयाँ पाउनेछन् । मलेसियामा हाल श्रमिकको न्यूनतम पारिश्रमिक ११ सय रिङ्गिट मात्र छ ।
प्रकाशित मिति : १० पुष २०७६, बिहीबार ०७:००