१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभए सडक संघर्ष गर्ने संयुक्त विद्यार्थी संगठनको चेतावनी


२० वैशाख, काठमाडाैँ । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेकाे छ । प्रमुख पाँच विद्यार्थी संगठनले विज्ञप्ति प्रकाशित गरी मूल्यवृद्धि खारेज गर्न माग गरेको अनेरास्ववियुका कार्यबाहक अध्यक्ष महेश बर्ताैलाले जानकारी दिए । जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने विषयमा पटक पटक मूल्यवृद्ध गरेर सरकारले गलत काम गरेको भन्दै वृद्धि गरिएको मूल्य फिर्ता गर्न माग गरिएको बर्ताैलाले बताए ।

उनीहरूले  नयाँ सरकार गठन भएसँगै पटकपटक पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबाट सर्वसाधारण जनतालाई समस्या भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, सरकार व्यापारीमात्र बन्न सक्दैन ।

जनताको जीवनसँग जोडिएको तथा सर्वसाधारण, व्यवसायी, उद्योगी, विद्यार्थीलगायत सम्पूर्ण नागरिकको जनजीविकामा प्रत्यक्ष असर पर्ने हुँदा पछिल्लोपटक वृद्धि भएको मूल्य तत्काल फिर्ता नभए सडक संर्घष गर्न बाध्य हुन्छाैँ अनेरास्ववियुका सचिव अारसी लामिछानेले बताए । उनले अायल  निगमकाे चुहावट र भ्रष्टाचार नियन्त्रणमा भन्दा मूल्यवृद्धिमा मात्रै जोड दिइनु गलत भएको बताए ।

नेपाल आयल निगमले बुधबार पेट्रोलमा प्रतिलिटर दुई तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु तीन वृद्धि गरी पेट्रोल प्रतिलिटर रु १०८ तथा डिजेल र मट्टितेल प्रतिलिटर रु ९० कायम गरेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७५, बिहीबार १९:२०