१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

नेपाल राष्ट्र बैंकद्वारा घर तथा गाडी कर्जामा कडाई

९ पुस, काठमाडौँ । नेपाल राष्ट्र बैंकले व्यक्तिगत घर तथा गाडी कर्जामा कडाई गरेको छ । मंगलबार बैंकले एक सूचना जारी गर्दै घर तथा गाडी खरिद गर्नको लागि कर्जामा कडाइ गरेको हो । बैंकले ब्यक्तिगत प्रकृतिको आवाधिक कर्जा, घर कर्जा र हार्यर पर्चेज कर्जामा कडाई गर्दै आम्दानीको ५० प्रतिशत भन्दा बढी किस्ता नबढ्ने गरि कर्जा प्रवाह गर्न बैंकहरुलाई निर्देशन दिएको छ ।


राष्ट्र बैंकले कर्जा प्रभाव गर्दा ऋणीको आय स्रोत खुल्ने प्रमाणीत कागजात अनिवार्य रुपमा संलग्न गराउन निर्देशन दिएको छ । राष्ट्र बैंकले ऋणीले पेश गरेको स्रोतमा कर चुक्ता गरेको वा अध्यावधिक गरेको प्रमाणपत्रको आधारमा मात्रै आम्दानी गणना गर्न  निर्देशन दिएको छ ।

उक्त सीमाभन्दा बढी कर्जा प्रवाह गरेमा त्यसलाई सुक्ष्म निगरानीमा राख्दै सोही अनुसारको प्रोभिजन राख्नु पर्ने ब्यवस्था राष्ट्र बैंकले गरेको छ । आम्दानी अनुसारको मात्रै कर्जा दिनुपर्छ भन्ने उदेश्यले यो ब्यवस्था लागु गरेको राष्ट्र बैंक नियमन विभागले जानाकारी दिएको छ ।

प्रकाशित मिति : ९ पुष २०७६, बुधबार ११:४९