नर्सिङ संघको चुनाव हुँदै
९ पुस, काठमाडौं । नेपाल नर्सिङ संघको चुनाव आज हुँदै छ । नेपालका ९० हजार नर्सको प्रतिनिधित्व गर्ने नेपाल नर्सिङ संघको चुनावमा दुई समूह प्रतिस्पर्धामा उत्रिएका छन् ।
देशभरका २१ स्थानबाट हुने नर्सको निर्वाचनमा दुई समूह आ-आफ्ना मुद्दा प्रस्तुत गर्दै चुनावमा होमिएका हुन् । प्रगतिशील र पेसागत समूहका नर्सहरू चुनावी प्रतिस्पर्धामा छन् । प्रगतिशील समूहबाट मनकुमारी राई अध्यक्षको प्रत्यासी छिन् भने पेसागत समूहबाट मुना राना थापाले अध्यक्षमा प्रतिस्पर्धा गरेकी छिन् । नर्सिङ परिषद्मा ९० हजार नर्स दर्ता छन् ।
प्रगतिशील समूहबाट अध्यक्षकी प्रत्यासी राईले नेपालमा नर्सहरू अझै स्वयंसेवककै रूपमा काम गर्न बाध्य भएको भन्दै यस्तो प्रथा अन्त्य गर्ने बताइन् । उनले निजी तथा संस्थागत अस्पतालमा सुत्केरी बिदा नपाइने गरेको भन्दै उनीहरूलाई सरकारीसरह सेवासुविधा र बिदा उपलब्ध गराउन पहल गर्ने बताइन् ।
यता पेसागत समूहबाट अध्यक्ष पदका प्रत्यासी मुना राना थापाले आफूले युवा नर्सलाई समेट्ने भन्दै आफ्नो समूहमा युवा नर्सलाई प्राथमिकता दिएको बताएकी छन् ।
प्रकाशित मिति : ९ पुष २०७६, बुधबार ०८:१५