१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

नियमित पढाई नभएपछि त्रिुभुवन विश्वविद्यालयका २५ प्राध्यापक यसरी थुनिए (फोटोफिचर)


२० वैशाख, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको शिक्षा संकायका विद्यार्थीले पढाई नियमित हुनपर्ने भन्दै विभागीय प्रमुखसहितका प्राध्यापकलाई कोठामै थुनेका छन ।

उनीहरुले विभागीय प्रमुख कृष्णप्रसाद आचार्यसहित २५ जना प्राध्यापकलाई विभागीय प्रमुखकै कार्यकक्षमा दिउँसो तीन घण्टा थुनेर राखेका हुन् । करार हुनुपर्ने माग गर्दै आंशिक प्राध्यापक संघले वैशाख १६ गतेदेखि विश्वविद्यालयमा पढाउन छाडेका छन् । तर विद्यार्थीहरुले भने कक्षा नियमित हुनुपर्ने भन्दै बिहीबार विभागीय प्रमुखसहितका प्राध्यापकलाई थुनेका हुन् ।

बाहिर झण्डै सय जना प्रहरी तैनाथ थिए तर पनि विद्यार्थीले झण्डै तीन घण्टा प्राध्यापकहरुलाई तला लगाएर बन्धक बनाएका थिए । पछि प्रहरीले बल प्रयोग गरी ताला काटेर थुनिएका प्रध्यापकहरुको उद्धार गरेको थियो ।

विद्यार्थीको माग जायज भएको भन्दै अनेरास्ववियु त्रिवि कमिटीका अध्यक्ष मदन विष्टले आफूहरुको पनि ध्यानाकर्षण भएको जानकारी दिए । नियमित पठाइ गर्ने कुरा व्यस्थापन र प्राध्यापक दुबैको हो यसमा उहाँहरुले गम्भीर भएर सोच्नु आवश्यक छ ।

प्रकाशित मिति : २० बैशाख २०७५, बिहीबार १९:०७