१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

विदेश जानेमा अझै अदक्ष श्रमिक धेरै

८ पुस, काठमाडौं चालू आवको पहिलो ५ महिनामा वैदेशिक रोजगारीका लागि जानेमा सबैभन्दा बढी अदक्ष श्रमिक छन् । यो अवधिमा श्रम स्वीकृति लिएर विदेशिएका मध्ये झन्डै ७० प्रतिशत अदक्ष श्रमिक रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागका अनुसार यो अवधिमा २ लाख १ सय ७ जनाले श्रम स्वीकृति लिएकामा १ लाख २४ हजार बढी अदक्ष छन् । गत मंसिरमा ५६ हजार ८ सय १० जनाले श्रम स्वीकृति लिएर विदेशिएकोमा ३१ हजार १ सय ८७ अदक्ष श्रमिक रहेको गोरखापत्र दैनिकमा खबर छ ।

यसैगरी सीपयुक्त जनशक्ति १९ हजार ७ सय ९६ जना छन् भने अर्धसीप भएका ५ हजार ७ सय ४५ जनाले श्रम स्वीकृति लिएर विदेशिएको विभागले जनाएको छ । विभागका अनुसार व्यावसायिक सीप भएका ७५ र विशिष्ट सीप भएका ७ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए ।

चालू आवको पहिलो ५ महिनामा २ लाखभन्दा बढीले श्रम स्वीकृति लिएर विदेशिएकोमा मंसिरमा जाने धेरै छन् । जसमध्ये मंसिरमा सबैभन्दा बढी साउदी अरबका लागि श्रम स्वीकृति लिएको तथ्यांक छ ।

प्रकाशित मिति : ८ पुष २०७६, मंगलवार ०६:३७