१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

चार केजी चरेस सहित दुईजना पक्राऊ


८ फागुन, धादिङ । धादिङको गजुरी गाउँपालिका–४ किरानचोकका ४५ बर्षीय राजकुमार तामाङ र मकवानपुर कैलाश गाउँपालिका–२ का ३५ बर्षीय बिरबहादुर मोक्तानलाई करीब चार केजी लागू औषध चरेश सहित प्रहरीले आज पक्राउ गरेको छ ।

गल्छी गाउँपालिका–६ स्थित नमस्ते ग्याँस उद्योग नजिक शंकास्पद रुपमा हिंडिरहेको अवस्थामा प्रहरीले जाँच गर्दा टि भीको कार्टुनभित्र लुकाई ल्याएको उक्त चरेश सहित दुवैजनालाई नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७४, मंगलवार १७:४९