१३ पुष २०८२, आईतवार | Mon Dec 29 2025

१३ वर्षमा बन्यो हवाई मैदान

४ पुस, ओखलढुंगा । निर्माण सुरु भएको १३ वर्षपछि ओखलढुंगाको खिजिचण्डेश्वरी हवाई मैदान निर्माण पूरा भएको छ । खिजिदेम्बा गाउँपालिकामा पर्ने हवाई मैदान निर्माणका लागि तत्कालीन ओखलढुंगा जिविसले २०६३ मा बजेट विनियोजन गरी काम थालनी गरेको थियो । अव ०७३/७४ बाट भने सरकारको बजेटमै समावेश गरी हवाई मैदान निर्माणलाई गति दिइएको थियो ।

निर्माण पूरा भएसँगै परीक्षण उडानका लागि अनुगमनसमेत भएको खबर गोरखापत्र दैनिकमा छ । संघीय प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारको नेतृत्वमा नागरिक उड्डयन प्राधिकरणको टिमले अनुगमन गरेको हो । लामो समयको प्रयासपछि निर्माण पूरा भएको र चाँडै हवाई उडान हुने गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाले बताए ।

यहाँ नियमित हवाई उडान भए १५ देखि १८ घण्टा लगाएर गाडीमा राजमार्गसम्म आउनुपर्ने जोखिमसमेत अन्त्य हुने स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : ४ पुष २०७६, शुक्रबार ०६:३३