१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

पृथ्वीनारायण शाहको २१ फिट अग्लो शालिक शिलान्यास


८ फागुन, बैतडी । बैतडी जिल्लामा पृथ्वीनारायण शाहको अहिलेसम्मकै २१ फिट अग्लो शालिकको शिलान्यास गरिएको छ । दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र थापाले उक्त सालिक शिलान्यास गरे ।

शालिक निर्माणका लागि चार रोपनी जग्गा बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले दान गरेकोे ‘राष्ट्रियता संरक्षण अभियान’का अध्यक्ष तथा शालिक निर्माणका परिकल्पनाकार हेमबाबु लेखकले जानकारी दिए ।

पृथ्वीबाटिकासहितको २१ फिट अग्लो शालिक र विशाल नेपालको नक्सा बनाइने लेखकले बताए । निर्माणका लागि करिब रु एक करोड खर्च लाग्ने अनुमान उनको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७४, मंगलवार १६:४३