१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

गर्भपतन गर्नेकोे संख्या वर्षेनी बढ्दै


१९ वैशाख, ललितपुर । लुभुस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गर्भपतन सेवा लिन आउनेको संख्या वर्षेनी बढिरहेको छ ।

आर्थिक वर्ष २०७३÷७४ मा जम्मा ५४ जना महिलाले गर्भपतन गराएको केन्द्रले जनाएको छ । अहिले संख्या त्योभन्दा बढिरहेको केन्द्रमा कार्यरत हेल्थ असिस्टेण्ट अर्जुन लाबदले बताए । गर्भ पतन गनेको संख्या अहिले नै ६० नाघिसकेका र यो संख्या अझै बढ्न सक्ने लाबदले बताए ।

स्वास्थ्य संस्था र गर्भपतन गराउन दक्ष जनशक्ति दुबै सूचीकृत भएपछि केन्द्रले गर्भपतन सेवा शुरु गरेको हो । केन्द्रमा औषधिबाट र सर्जिकल गरेर दुबै खालका गर्भपतन सेवा उपलब्ध छ । नौ हप्तासम्मको गर्भ औषधिबाट र नौ हप्तादेखि १२ हप्तासम्मको गर्भपतन सर्जनबाट मेसिनबाट गर्ने लाबदले जानकारी दिए ।

नौ हप्ता भन्दा कममा पनि महिलाले चाहदा मेसिनको प्रयोगबाट गर्भपतन हुन्छ । औषधिको प्रयोग गर्दा एक मात्रा स्वास्थ्य संस्थामा प्रयोग गरेर बाँकी घरमा नै गर्न हुने भएकाले महिलाले औषधि नै रुचाउँछन् ।
हाडनाता करणी, बच्चा जन्मदा आमाको स्वास्थ्यलाई असर पर्नेलगायतका अवस्थामा मात्रै १२ हप्तादेखि १८ हप्तासम्मको संस्थागत क्लिनिकहरुले गर्भपतन सेवा दिइरहेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७५, बुधबार १३:४४