१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

यातायात व्यवसायी सिन्डिकेटविरुद्ध सरकारसँग वार्ता गर्न तयार


१९ वैशाख, काठमाडौँ । यातायात क्षेत्रमा देखिएको सिन्डिकेट पक्षमा आफूहरु नरहेको र सिन्डिकेटविरुद्ध सरकारसँग वार्ता गर्न तयार भएको यातायात व्यवसायीले बताएका छन् ।

गणतान्त्रिक यातायात व्यवसायी संगठन तथा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनले आज आयोजना गरेको कार्यक्रममा उनीहरुले यातायात क्षेत्रमा सरकारले गरेको सिण्डिकेट अन्त्यको प्रयासमा आफूहरुको पूर्ण सहयोग र समर्थन रहेको बताएका छन् ।

वार्ता संवादबाट यस क्षेत्रका सम्पूर्ण समस्या समाधान गर्न आफूहरु तयार रहेको चर्चा गर्दै उनीहरुले हरेक क्षेत्रमा देखिएको सिन्डिकेटको अन्त्य गरेर लामो समयदेखि पेशा, व्यवसाय गर्दै आएका व्यवसायी, मजदुर, कर्मचारीको संरक्षण गरी आधुनिक नेपाल निर्माणमा हातेमालो गर्न आफूहरु तयार रहेको बतएका छन् ।

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनका अध्यक्ष श्रीप्रसाद मैनालीले सार्वजनिक यातायात खुल्ला प्रतिस्पर्धामा चल्नुपर्छ भन्ने मान्यता आफूहरुको रहेको उल्लेख गर्दै सिण्डिकेट अन्त्यगर्ने सरकारको कदममा हाम्रो पनि सहमति छ भनेका छन् ।

पुराना गाडी कम्पनीमा लैजानुपर्ने सरकारको भनाइप्रति विरोध रहेको बताउँदैे यातायात व्यवसायी र सरकारबीच वार्ता र संवादको माध्यमबाट सिन्डिकेटको समस्या समाधान हुने बताए ।

प्रकाशित मिति : १९ बैशाख २०७५, बुधबार १२:५६