२१ असार २०८१, शुक्रबार | Sat Jul 6 2024

एमाले–माओवादी एकताको अन्तिम तयारी, दुबै पार्टी आन्तरिक छलफलमा


१९ वैशाख, काठमाडौँ । यही वैशाख २२ गते एकताको अन्तिम घोषणाको तयारीमा रहेका दुई ठूला बाम दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेका छन । पार्टी एकता प्रक्रियालाई गति दिन दुबै पार्टी आन्तरिक छलफलमा जुटेका छन् । एमालेले स्थायी कमिटी बैठक र माओवादी केन्द्रले सचिवालय बैठक बोलाएको छ ।

माओवादी केन्द्रको बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको छ भने एमालेको बैठक साँझ ६ बजेपछि प्रधानमन्त्रीको निवास बालुवाटारमा बोलाइएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७५, बुधबार ११:०२