२१ असार २०८१, शुक्रबार | Sat Jul 6 2024

बारामा विद्यार्थी बोकेको बस दुर्घटना, ४० जना घाइते


१९ वैशाख, मकवानपुर । बाराको चुरीयामाइमा विद्यार्थी बोकेको बस दुर्घटनामा परेको छ । बुधबार बिहान बस दुर्घटना हुँदा ४० जना विद्यार्थी घाइते भएका छन् ।

झापाबाट स्कुले विद्यार्थी बोकेर आएको मे १ ख २४२९ नम्बरको मकालु बसलाई ना ५ ख ३५८२ नम्बरको ट्रकले ठक्कर दिँदा बसमा रहेका विद्यार्थी र शिक्षक गरी ४० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवापनुरका निमीत्त प्रहरी प्रमुख दिलीपराज झाले बताए । नेल्टा झापाको एक्सेस कार्यक्रम अन्तर्गत पोखरामा हुने एक्सेस कार्यक्रममा जान लागेका स्कुले विद्यार्थीहरु बिहान २ बजे दुर्घटनामा परेका हुन् ।

प्रकाशित मिति : १९ बैशाख २०७५, बुधबार १०:३०