२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

भक्तपुर शारदा स्कूलले क्यान्सरपीडितलाई सहयोग


१९ वैशाख, भक्तपुर । भक्तपुरको शारदा स्कूले क्यान्सर पीडित विभा सापकोटा भुजुलाई उपचारका लागि रु ७७ हजार ५०० सहयोग गरेको छ ।

विभा केही वर्षदेखि क्यान्सर रोगले थलिएर उपचारमा समस्या आएपछि विभालाई सहयोगार्थ गठित ‘विभा बचाऊ’ अभियानले विभिन्न व्यक्तिबाट संकलन गरेको उक्त रकम मंगलबार हस्तान्तरण गरेको हो ।

क्यान्सर पीडित विभाको उपचारमा आर्थिक अभाव भएपछि समस्या आएको बताउँदै ब्याचका सचिव अमृत मिश्रले उपचारका लागि थप सहयोग गर्न अपिल समेत गरेका छन् ।

भारतमा उपचार गराई नेपाल फर्किएपछि हाल नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर, हरिसिद्धि, ललितपुरमा उपचार भइरहेकी विभाको हालसम्म दुई पटक शल्यक्रिया र १३ पटक किमो गराई सकिएको श्रीमान् राजेशले जानकारी दिए ।

प्रकाशित मिति : १९ बैशाख २०७५, बुधबार ०९:३३