१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

समता तथा समावेशी शिक्षा कार्यक्रम

२६ मंसिर, गौशाला । महोत्तरीको ५ वटा स्थानीय तहमा बालकक्षा शिक्षण कार्य प्रभावकारी बनाउन एक साथ समता तथा समावेशी शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ । युनिसेफ र विश्व शिक्षाको सहयोगमा जिल्लाको राम गोपालपुर, मटिहानी नगरपालिका तथा सम्सी, एकडारा, महोत्तरी गाउँपालिकामा सो कार्यक्रम सञ्चालन हुने भएको हो । समाज विकास केन्द्र महोत्तरीको संयोजनमा सञ्चालन हुने सो कार्यक्रमबाट ७६ सामुदायिक विद्यालयका १३ हजार ५४३ बालबालिकालाई पठनपाठनमा सहयोग पुग्ने विश्व शिक्षा महोत्तरीका कार्यक्रम अधिकृत रिशु चौधरीले बताउनुभयो ।

कक्षा १ देखि ३ सम्मका बालबालिकाको सिकाइलाई गुणस्तरीय बनाउन सो कार्यक्रम सञ्चालन हुने भएको अधिकृत चौधरीले जानकारी दिनुभयो । मातृभाषाको माध्यमबाट कसरी सिकाइ उपलब्धि हासिल गर्ने विषयमा १८ विद्यालयका ३२ शिक्षकलाई पहिलो चरणअन्र्तगत तालीम दिइरहेको समाज विकास केन्द्र महोत्तरीका कार्यक्रम संयोजक अनवर प्रवेजले बताउनुभयो । कार्यक्रमअन्तर्गत १८७ शिक्षकलाई तालीम दिइनेछ ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार १३:००