१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

लोकसेवा विज्ञापन : हजार बढी शाखा अधिकृतका लागि जागिर खुल्यो

२५ मंसिर, काठमाडौं लोकसेवा आयोगले १ हजार ९६ पदका लागि बुधबार विज्ञापन आह्वान गरेको छ । प्रशासन, लेखा, राजस्व, परराष्ट्र, न्याय, संसदलगायत सेवाका लागि विज्ञापन खुलेको हो ।

यसमध्ये खुलाबाट ४ सय १९ र बढुवाबाट ३ सय २८ जनाको पदपूर्ति हुनेछ । बाँकी ३ सय ४९ जना भने विभिन्न समावेशी समूहका लागि छुट्याइएको छ ।

सबैभन्दा बढी प्रशासन सेवाको सामान्य प्रशासन समूहमा ५ सय ६० अधिकृतका लागि विज्ञापन प्रकाशित भएको छ । त्यसमध्ये खुलाबाट २ सय १६ र बढुवाबाट १ सय ६८ जनाको पदपूर्ति गरिनेछ ।

यस्तै उक्त समूहमा समावेशीतर्फ महिलामा ५८, आदिवासी जनजातिमा ४८, मधेसीमा ३९, दलितमा १५, अपांगमा ९ र पिछडिएको क्षेत्रमा ७ जनाको कोटा छुट्याइएको छ ।

यसैगरी राजस्व समूहमा ६९, लेखापरीक्षण समूहमा ४२, लेखा समूहमा ३० जना अधिकृतको माग भएको छ

व्यवस्थापिका संसद सेवातर्फ २८ र न्याय सेवातर्फ न्याय समूहमा २ सय ९०, कानुन समूहमा ४९ र सरकारी वकिल समूहमा २४ अधिकृतका लागि विज्ञापन खुलेको छ । परराष्ट्र सेवामा सबैभन्दा कम ४ अधिकृतको माग छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार ०८:२२