१३औं साग : नेपालका ऐतिहासिक ५१ स्वर्ण (सूचीसहित)
२५ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) हिजो (मंगलबार) भव्य रुपमा सफलतापूर्वक सकिएको छ । प्रतियोगिताको अन्तिम दिनको अन्तिम खेलमा नेपालले भुटानलाई २-१ ले हराउँदै पुरुष फुटबलतर्फको स्वर्ण पनि आफ्नो पोल्टामा हाल्न सफल भयो ।
नेपालले १३औं सागमा ५१ स्वर्ण जित्दै सन् १९९९ को काठमाडौंमै भएको आठौं सागको ३१ स्वर्ण प्राप्तिको रेकर्डसमेत तोड्न सफल भयो । उसो त योपटक पदक तालिकामा नेपाल दोस्रो रहे पनि भारत पहिलो स्थानमा वर्चश्व कायम राख्न सफल भयो ।
प्रतियोगिताको सुरुवाति २ दिन भने पदक तालिकाको पहिलो स्थानमा नेपाल रहे पनि पछि भारतले उछिनेको हो ।
यसपटक नेपालले ५१ स्वर्ण, ६० रजत तथा ९५ कास्यसहित २ सय ५ पदक हात पार्यो । अन्तिम दिन हिजो पुरुष फुटबल तथा बक्सिङमा सनिल शाहीले स्वर्ण पदक दिलाएका थिए । सागमा समावेश २६ खेलमध्ये नेपालले २५ खेलमा पदक जितेको छ । सुटिङमा भने नेपाल पदकविहीन रह्यो । सागमा पौडीकी गौरिका सिंहले ४ स्वर्णसहित ९ पदक जित्दै कीर्तिमानी खेलाडी बनिन् ।
भारत १ सय ७४ स्वर्ण, ९३ रजत र ४५ कास्यसहित ३ सय १२ पदक जित्दै पदक तालिकाको शीर्ष स्थानमा रहँदा श्रीलंका ४० स्वर्ण, ८३ रजत र १ सय २८ कास्यसहित २ सय ५१ पदक जित्दै तेस्रो, पाकिस्तान ३१ स्वर्ण, ४१ रजत र ५९ कास्यसहित १ सय ३१ पदक जितेर चौथो, बंगलादेश १९ स्वर्ण, ३२ रजत र ८७ कास्यसहित १ सय ३८ पदक जितेर पाँचौं, माल्दिभ्स १ स्वर्ण र ४ कास्य गरी ५ पदक जित्दै छैटौं तथा भुटान ७ रजत र १३ कास्यसहित २० पदक जित्दै साग पदक तालिकाको पुछारमा रह्यो ।
नेपालले जितेका स्वर्णका सूची यस्ता छन् :
१. कराते (एकल काता) मण्डेकाजी श्रेष्ठ
२. कराते (टिम काता, पुरुष) मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रवीण मानन्धर
३. कराते (टिम काता, महिला) निर्मला तामाङ, संगीता मगर, सरु कार्की
४. कराते (५५ केजी) लक्ष्मण तामाङ
५. कराते (८४ केजीमाथि) विप्लवलाल श्रेष्ठ
६. कराते (४५ केजीमुनि) कुसुम खड्का
७. कराते (५० केजीमुनि) अनु अधिकारी
८. कराते (६७ केजीमुनि) नवीन रसाइली
९. कराते (६८ केजी) सुनीता महर्जन
१०. कराते (६८ केजी) अनुपमा मगर
११. तेक्वान्दो पुम्से (२३–२९ वर्ष) कमल श्रेष्ठ
१२. तेक्वान्दो पुम्से (१७-२३ वर्ष) सिना मादेन लिम्बू
१३. तेक्वान्दो पुम्से (२३-२९ वर्ष) पार्वती गुरुङ
१४. तेक्वान्दो पुम्से (२९ वर्षमाथि) आयशा शाक्य
१५. तेक्वान्दो पुम्से (२९ वर्षमाथि युगल) आयशा शाक्य र सञ्जीवकुमार पाण्डे
१६. पुम्से महिला टिम (१७-२३ वर्ष) निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
१७. पुम्से महिला टिम (२३-२९ वर्ष) नीता गुरुङ, प्रशंसा क्षत्री र सुशीला राई
१८. तेक्वान्दो (४६ केजीमुनि) काजल श्रेष्ठ
१९. तेक्वान्दो (६८ केजीमुनि) वीरबहादुर महरा
२०. ट्रायथलन सोनी गुरुङ
२१. डुवाथोलन हिमाल टमाटा
२२. उसु (थाउलो) विजय सिँजाली
२३. उसु (थाउलो) सुस्मिता तामाङ
२४. उसु (थाउलो) दीपक हमाल
२५. एथलेटिक्स (१० हजार मिटर) सन्तोषी श्रेष्ठ
२६. साइक्लिङ (डाउनहिल) राजेश मगर
२७. साइक्लिङ (डाउनहिल) निश्मा श्रेष्ठ
२८. तेक्वान्दो (६२ केजीमुनि) संगीता बस्याल
२९. तेक्वान्दो (८७ केजी ) सक्षम कार्की
३०. उसु (थाउलो-नान्दौ) नीमा घर्तीमगर
३१. साइक्लिङ (क्रस कन्ट्री) लक्ष्मी श्रेष्ठ
३२. साइक्लिङ (क्रस कन्ट्री) बुद्धिबहादुर तामाङ
३३. पौडी (२०० मिटर फ्रिस्टाइल) गौरिका सिंह
३४. तेक्वान्दो (८७ केजी) भुपेन श्रेष्ठ
३५. भारोत्तोलन (५९ केजी) सञ्जु चौधरी
३६. उसु (५६ केजी) जुनी राई
३७. एथ्लेटिक्स (५ हजार मिटर दौड) गोपीचन्द्र पार्की
३८. गल्फ (एकल) सुवास तामाङ
४९. गल्फ (टिम) सुवास श्रेष्ठ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र नीरज तामाङ
४०. पौडी (२ सय मिटर ब्याकस्ट्रोक) गौरिका सिंह
४१. भारोत्तोलन (८९ केजी) विकास थापा
४२. संगीता धामी (५५ केजी) कुस्ती
४३. किरणसिंह बोगटी (म्याराथन)
४४. गौरिका सिंह (४ सय मिटर फ्रिस्टायल)
४५. देविका खड्का (५२ केजी) जुडो
४६. मीनु गुरुङ (५४ केजी) बक्सिङ
४७. भुपेन्द्र थापा (६४ केजी) बक्सिङ
४८. पुनम श्रेष्ठ (७८ केजी) जुडो
४९. गौरिका सिंह (पौडी) १ सय मिटर फ्रिस्टायल
५०. सनिल शाही (६० केजी) बक्सिङ
पुरुष फुटबलमा भुटानलाई २-१ हराउँदै नेपालले जित्यो स्वर्ण
प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार ०६:३९