३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

साउन १ बाट मजदुरको न्यूनतम ज्याला बृद्धि, तलब बैंक खातामाः मन्त्री विष्ट

१८ वैशाख, काठमाडाैँ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रम क्षेत्रका काम गर्ने मजदुरलाई बैंक खातामार्फत ज्याला पाउने व्यवस्था गर्न लागिएको जानकारी दिनुभएकाे छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज विभिन्न पेशागत महासंघ र ट्रेड यूनियनसँग आबद्ध संघ–संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै  मन्त्री विष्टले आगामी साउन १ गतेदेखि लागू हुने गरी न्यूनतम् ज्याला वृद्धि गर्ने गरी तयारी भएको जानकारी दिँदै मन्त्री विष्टले केही प्रतिष्ठित उद्योग तथा प्रतिष्ठानले समेत न्यायोचित ज्याला नदिएको भन्ने गुनासो आएको उल्लेख गर्नुभयो ।

आगामी दुई चार महिना भित्रैमा श्रमजीवी वर्गले अनभव गर्ने गरी परिवर्तनको महसुस गराउने तयारीमा सरकार रहेको भन्दै उहाँले श्रमिकले सञ्चयकोष, औषधि उपचार तथा अन्य सुविधा पाउने व्यवस्था गराएरै छाडिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : 20:32