२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

निजी विद्यालयको लुटविरुद्ध भोलि प्याव्सन र एनप्याव्सनका सबै कार्यालयमा तालाबन्दी हुने


१८ वैशाख, काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले निजी विद्यालयमा भएको चर्को शुल्कवृद्धि फिर्ता गर्न सञ्चालकहरुले अटेरी गरेको भन्दै तालाबन्दी लगायतका कडा आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । अनेरास्ववियु क्रान्तिकारीको कार्यालयमा बसेको चार प्रमुख विद्यार्थी संगठनका प्रतिनिधिको बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

भोलि देशभरका प्याव्सन र एनप्याव्सनका कार्यालयमा तालाबन्दीको कार्यक्र तय भएको अनेरास्ववियुका कार्यबाहक अध्यक्ष महेश बर्तौलाले दैनिकीलाई जानकारी दिए । उनले वैशाख २० गते शिक्षा विभागका महानिर्देशकको कार्यकक्ष र देशभरका जिल्ला शिक्षा कार्यालय रहेको संयन्त्रको कार्यालयमा तालाबन्दी गरिने जानकारी दिए । कार्यबाहक अध्यक्ष बर्तौलाका अनुसार वैशाख २१ देशभरका स्थानीय तहको अगाडी प्रदर्शन गर्दै सिठी फुक्ने कार्यक्रम तय भएको छ । अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले दैनिकीसँग कुरा गर्दै २१ गतेसम्म पनि संयुक्त विद्यार्थी संगठनले उठाएका माग पूरा नभए २२ गते पुन बैठकबसी आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिने जानकारी दिए ।

विद्यार्थी नेताहरुले मुलुकमा गणतन्त्र आइसक्दा पनि संगठनहरुलाई गणतन्त्र आउनु पुर्ब देखिकै मुद्दामा आन्दोलित गराउनपर्नु बिडम्बना भएको बताएका छन । अनेरास्ववियुका सचिव सुदिप शर्माले विद्यार्थीको मागमा सरकार र सरोकारवाला निकाय कहिल्यै गम्भीर र जिम्मेवार नसकेको बताए । उनले भने ‘बिधि त बनायौ तर कार्यान्वयन भएन । त्यसैले अब यस विषयमा फेरि फेरि पनि कहिल्यै आन्दोलन गर्न नपर्ने गरि यो पटक अन्तिम आन्दोलन गर्दैछौँ ।’ उनले विद्यार्थीको शैक्षिक भविष्य उज्जवल बनाउन र शिक्षाको व्यापारिकरण लुट अन्त्य आजको आवश्यकता भएको बताए ।

 

प्रकाशित मिति : १८ बैशाख २०७५, मंगलवार १८:४८