२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

अध्यक्ष प्रचण्ड र इजरायली राजदूत बिच भेटवार्ता


१८ वैशाख, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग इजरायलका राजदूत बेन्नी ओमरले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

अध्यक्ष निवास खुमलटारमा आज भएको भेटमा अध्यक्ष प्रचण्डले इजरायलले कृषि क्षेत्रमा गरेको प्रगति नेपालको आर्थिक समृद्धिका लागि अनुकरणीय कार्य भएको बताए ।

नेपालको आर्थिक समृद्धि कृषिमा आधारित उद्योगको विकासबाट मात्र सम्भव भएको र त्यसमा इजरायलको प्रविधि धेरै महत्वपूर्ण रहेको उनले बताए । उनले कृषिमा आधारित उद्योगका लागि आफूहरु इजरायलसँग प्राविधिक सहकार्य गर्न इच्छुक रहेको पनि बताए ।

इजरायलको कृषि क्षेत्रको प्रगति प्रेरणा स्रोत भएको बताए । इजरायलका राजदूत ओमरले आफूहरु नेपालको कृषि क्षेत्रको विकासमा सहयोग गर्न तयार रहेको बताए ।

मौरीपालन, फलफूल र तरकारी उत्पादन मुख्य प्राथमिकताको विषय रहेको जानकारी दिए । कृषि क्षेत्रमा हामी नेपाली किसानसँग सहकार्य गर्न इच्छुक छौँ ।” ‘सिकाँै र कमाऔँ’ भन्ने नीति आफूहरुको रहेको बताउँदै राजदूत ओमरले नेपालमा व्यावसायिक तालीम केन्द्र खोल्न इच्छुक रहेको पनि बताए ।

प्रकाशित मिति : १८ बैशाख २०७५, मंगलवार १२:२२