३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

चितवनमा किसानिबिरोधी अातंकः ३५ सय बढी केराको बोट अज्ञात समूहद्धारा फडानी

–शिशिर सिंखडा

१८ वैशाख,  चितवन । चितवनका किसानले लगाएको ३५ सय बढी केराको बोट अज्ञात समूहले फडानी गरेको छ । कालिका नगरपालिका ६ भटेनी नयाँ टोलमा स्थानिय १५ जना बढि किसानले लगाएको केरा खेती अज्ञात समूहले गएराती नष्ट गरिदिएको हो ।

 केरा व्यवसायी समिति चितवनका अध्यक्ष विष्णु पन्तले धेरै किसानको केरा फडानी भएको र त्यसको तथ्याङक ल्याउने क्रममै रहेको जानकारी दिनुभयो । उहाँले कसले केरा नष्ट गरेको भन्ने खुल्न नसकेको बताउनुभयो ।

केहीदिन अघि मात्रै सो क्षेत्रवाट लागु पदार्थ सेवन गरिरहेका युबालाई प्रहरीले पक्राउ गरेको थियो । उनिहरुको समूहबाट नै केरा फडानी गरेको स्थानियले आरोप लगाएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७५, मंगलवार १०:४४