२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

चित्तलको मासु सहित चित्तल मार्ने ६ जना पक्राउ


१८ वैशाख, कैलाली । कैलालीको टीकापुर नगरपालिका–२ सीतापुर गाउँमा वन्यजन्तु चित्तल मारेर काट्दै गरेको अवस्थामा चितलको मासु सहित ६ जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

स्थानीय गोरख सिंहको कुखुरा फार्ममा जंगली जनावर चित्तललाई मारी काटिरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले चित्तलको मासु र काट्न प्रयोग भएको हतियारसहित छजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताए ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–२ का गोरखबहादुर सिंह, भक्तबहादुर थापा, रनबहादुर थापा, पदम विक, छत्रबहादुर शाही र बाजु चौधरी रहेका छन् । पक्राउ परेकामाथि कानूनी कारबाहीका लागि कैलालीको लम्कीस्थित सेक्टर वन कार्यालयमा पठाइएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७५, मंगलवार ०८:५०