२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

रूकुममा चट्याङ लागेर ११ वर्षीया बिमला खड्काको मृत्यु


१८ वैशाख, रूकुम । रूकुममा  चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।  जिल्लाको सानीभेरी गाउँपालिकामा –१० झारपोखरीमा सोमबार अपराह्न चट्याङ लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको हाे ।

घरमा बसिरहेको अवस्थामा परेको चट्याङ लागेर ११ वर्षीया बिमला खड्काको मृत्यु भएको रूकुमका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

प्रकाशित मिति : १८ बैशाख २०७५, मंगलवार ०५:४२