२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

मिर्गौला पीडित अनेरास्ववियु पाल्पाका अध्यक्ष प्रेम बगालेलाई त्रिवि कमिटीको सहयाेग


१७ वैशाख, काठमाडाैँ । दुबै मिर्गौला फेल भई उपचार गराइरहेका अनेरास्ववियु पाल्पाका अध्यक्ष प्रेम बगालेलाई सहयाेग जुट्नेक्रम जारी रहेको छ । वीर अस्पतालमा उपचार गराइ रहेका बगालेलार्इ सोमबार अनेरास्ववियु त्रि. बि. केन्द्रीय क्याम्पस कीर्तिपुरका प्राध्यापक, कर्मचारी,बिद्यार्थीहरुबाट संकलन गरेको बीस हजार एक सय एक सहयोग हस्तान्तरण गरिएको छ ।

अनेरास्ववियु त्रि. बि. कमिटी अध्यक्ष मदन बिष्टको संयोजनमा संकलन भएको रकम सोमबार अनेरास्ववियुका महासचिव एेन महरले उपचार गराइरहेका बगालेलार्इ हस्तान्तरण गरेका हुन । सहयोग हस्तान्तरण गर्न महासचिव महर, केन्द्रीय सदस्य सुमनराज कार्की, त्रिवि कमिटीका अध्यक्ष विष्ट अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य यम पान्डे र नारायण घर्तीलगायत वीर अस्पताल पुगेका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०७५, सोमबार १६:५५