१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

नागढुंगाको सुरुङ खन्न ९ सय टन विस्फोटक पदार्थ आवश्यक

११ मंसिर, काठमाडौं ।  बहुचर्चित आयोजनाका रुपमा रहेका नागढुंगा सुरुङमार्ग आयोजनालाई भारी मात्रामा विस्फोटक पदार्थको आवश्यकता परेको जनाएको छ । आयोजनाको सुरुङ निर्माण प्रयोजनका लागि विस्फेटक पदार्थ आवश्यकता परेको हो ।

सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले सुरुङ खन्ने प्रयोजनका लागि ९ सय टन विस्फोटक पदार्थ माग गरेको आयोजनालाई उद्धृत गर्दै नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

‘ब्लास्ट एन्ड ड्रिल मेथड’ अर्थात विस्फोटन र खन्ने पद्धतिअनुसार सुरुङको कामका लागि भारी मात्रमा विस्फोटक पदार्थको माग भएको आयोजना प्रमुख श्यामप्रसाद खरेलले जानकारी दिए ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार ०८:१०