१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

प्रहरीभित्र प्रतिशोधको आगोः सिलवाललाई सहयोग गर्ने प्रहरी अधिकृत गोविन्द पन्थी थुनामा


८ फागुन, काठमाडौँ । नेपल प्रहरीमा पछिल्लो समय प्रतिशोधको चलखेल बढ्दै गएको छ । पुल्चोक प्रभागमा कार्यरत प्रहरी निरीक्षक गोविन्द पन्थीलाई नवराज सिलवालसँग निकट रहेको भन्दै प्रहरी हेड्क्वाटरले १ नम्बर प्रहरी गणमा बन्धक बनाएर राखेको छ । पन्थीलाई एक सातादेखि गणमा राखिएको छ । सिलवालसँग निकट रहेको र संगठनको सूचना सिलवाललाई दिएको भन्दै हेडक्वार्टरले पन्थीलाई कारबाही गरेकाे हाे।

पन्थीलाई सिलवालसँग निकट रहेकै आधारमा कारबाही गर्न कठिन हुने देखिएपछि उनका विरुद्धमा अन्य योजनाहरु बनाइ फसाइएको प्रहरी अधिकारीले नै बताएका छन । उनलाई पक्राउ गर्ने बेलामा भने होटल व्यवसायीसँग पैसा असुलेको अभियोग लगाइएको छ । उनले व्यवसायीसँग रेट नै तोकेर पैसा उठाउने गरेको उजुरी परेपछि उनी कारबाहीमा परेको भन्दै प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले बताए पनि त्यसको भित्री कुरा अर्कै रहेको बताइएको छ ।

सिलवाल  निकट मानिने पन्थी प्रहरी नेतृत्वकै प्रतिशोधको शिकार बनेको प्रहरी अधिकारीले बताएका छन । उता पन्थी भने दिनदिनै अाफूलाइ फसाइएको भन्दै अाफ्ना नातागाेता र साथीभाइसँग फोन गरेर गुनासो गर्दै रोइरहेका छन ।

प्रकाशित मिति : ८ फाल्गुन २०७४, मंगलवार २२:१०