१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

खतिवडा, बिडारी र पौडेल राष्ट्रियसभामा सिफारिस, निर्णय उल्ट्याएको भन्दै कांग्रेसको आपत्ति


८ फागुन, काठमाडौँ । सरकारले अघिल्लो सरकारको निर्णय उल्ट्याउँदै राष्ट्रियसभा सदस्यका लागि तीन जनाको नाम सिफारिस गरेको छ । जसमा एमालेकोटाबाट दुई र माओवादी कोटाबाट एक जना रहेका छन । नेकपा एमालेको कोटामा डा युवराज खतिवडा र डा विमला पौड्याल राई तथा माओवादीबाट रामनारायण बिडारी रहेका छन ।


यसैबीच नेपाली कांग्रेसले सरकारले पूर्ववर्ती सरकारको निर्णय उल्ट्याएको भन्दै आपत्ति जनाएको छ । यो संविधान र राष्ट्रिय सहमतिको भावना विपरित भएको कांग्रेसले जनाएको छ । देउवा सरकारले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो । तर, मन्त्रिपरिषदको मंगलबार विहान बसेको बैठकले देउवा सरकारले गरेको सिफारिस उल्ट्याएको हो । कांग्रेस नेता बालकृष्ण खाँडले ओली सरकारको निर्णय असंवैधानिक भएको दाबी गरेका छन ।

प्रकाशित मिति : ८ फाल्गुन २०७४, मंगलवार १०:४१