१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

अनुगमनमा जाँदा पनि ‘ट्याक्सी खर्च’ असुली !

३ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले मेडिकल कलेजहरूमा अनुगमन गर्न जाँदा सोही कलेजबाट दैनिक भत्तादेखि ट्याक्सी खर्चसमेत असुल्ने गरेका छन् । भौतिक पूर्वाधारलगायतको अनुगमन गर्न त्रिविका पदाधिकारी हेरक वर्ष मेडिकल कलेज पुग्छन् ।

अनुगमनमा जानेहरूको भत्तालगायत खर्चका लागि विश्वविद्यालयले नैरकम छुट्याएर दिने भए पनि अधिकारीहरूले सम्बन्धित मेडिकल कलेजबाट खाना, होटलसहित ट्याक्सीखर्चका बहानामारकम असुल्ने गरेको नागरिक दैनिकले खबर प्रकाशन गरेको छ । यसका लागि अनुगमनमा खटिएका अधिकारीले चिकित्साशास्त्र अध्ययन संस्थान डिनको कार्यालयबाटै पत्र लैजाने गरेका छन् ।

उनीहरूले एउटा मेडिकल कलेजबाट एकपटकमा ३ लाख रूपैयाँसम्म उठाउने गरेका छन् । त्रिविको अनुगमन निर्देशनालयमातहतरहेको चिकित्साशास्त्र अध्ययन संस्थानले मेडिकल कलेजहरूबाट खर्च उठाउने गरेको हो ।

अनुगमन निर्देशनालय त्रिवि उपकुलपतिको मातहत छ । चिकित्साशास्त्र अध्ययन संस्थानका सहायक डिन राजेन्द्रप्रसाद शर्मा गुरागाईंले २०७५ भदौ ३१ गते पोखरास्थित गण्डकी मेडिकल कलेजलाई पत्र लेखी अनुमगन टोलीका सदस्यलाई ५ हजार रूपैयाँको दरले दैनिक भ्रमण भत्ता खर्च, १४ हजार टयाक्सी खर्च, ६ हजार ९ सय ५ खाजा खर्च, ३६ हजार १ सय ६० यातायात खर्च, ११ हजार ६ सय ३ प्रशासनिक खर्च गरी कुल २ लाख ४३ हजार ६ सय ६८ रूपैयाँ उपलब्ध गराउन निर्देशन दिएका छन् ।

गुरागाईंले २०७५ भदौ ३१ गते नै भैरहवास्थित युनिभर्सल मेडिकल कलेजलाई पत्र लेखी २ लाख ३६ हजार ४ सय १८ रुपैयाँ खर्च दिन बिल पेस गेका छन् । स्रोतका अनुसार गुरागाईंले ६ मेडिकल कलेजलाई यसरी पत्र लेखी खर्च उपलब्ध गराउन माग गरेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलवार ०८:१०