१५ पुष २०८२, मंगलवार | Tue Dec 30 2025

प्रधानमन्त्रीले सिंहदरबारबाटै गरे माथिल्लो त्रिशुली थ्री ‘ए’ जलविद्युत आयोजनाको उद्घाटन

२ मंसिर, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो त्रिशुली थ्री ‘ए’ जलविद्युत आयोजनाको उद्घाटन गरेका छन । सोमबार बिहान बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै भिडियो कन्फ्रेन्स मार्फत प्रधानमन्त्रीले त्रिशुली थ्री ‘ए’ को उद्घाटन गरेका हुन । प्रधानमन्त्री ओलीले ‘एक्शन रुम’ बाट उद्घाटन गर्दा अर्थमन्त्री डा युवराज खतिवडा,  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, राष्ट्रिय योजना अायोगका उपाध्यक्ष डा पुष्प कडेँलासहितको प्राधिकरणको टिम आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेमा उपस्थित भएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लामो प्रयास र मेहनतपछि ६० मेगावाट क्षमताको आयोजना सम्पन्न भएको जानकारी दिए । इमान्दार प्रयास भयो भने जतिसुकै समस्यामा फसेका आयोजना सम्पन्न हुन सक्छन् भन्ने तथ्य सो आयोजनाले स्थापित गरेको छ । रुग्ण बनेका आयोजना सफल बनाउन ठूलै मेहनत चाहिन्छ । राजनीतिक नेतृत्वदेखि कर्मचारीको समेत सकारात्मक प्रयासले काम गर्छ ।

सरकारले ऊर्जा क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्थापित गरेको छ । महत्वका हिसाबले अग्रपङ्क्तिमा रहेका आयोजनाको सानो सफलताले पनि ठूलो अर्थ राख्छ । सरकारले काम गरेन, गफ मात्रै लगाएर बस्यो भन्नेका लागि पनि पछिल्ला दिनका सुखद खबर राम्रै जवाफ हुन सक्छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार प्रसारण लाइन निर्माणको सबैभन्दा जटिलता भनेकै हरेक टावर एउटा आयोजना जस्तै कठिन बन्नु र बनाइनु नै हो ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार १२:४२