५ फाल्गुन २०८२, मंगलवार | Tue Feb 17 2026

बीमातर्फ नेपाल लाइफ इन्स्यारेन्स देशभरीकै उत्कृष्ट करदाता

१ मङसिर, काठमाडौँ । नेपाल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेड देशभरकै बीमा कम्पनीहरुमध्येमा सबैभन्दा बढी कर तिर्ने कम्पनी बनेको छ । आठौं राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजश्व विभागले सबैभन्दा धेरै कर तिर्ने ब्यवसायी तथा प्रतिष्ठानहरुलाई सम्मान गर्दा नेपाल लाइफ बीमा कम्पनीहरूमा सबैभन्दा बढी कर तिर्ने कम्पनी बन्न सफल भएको हाे ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले उत्कृष्ट १५ कर दाताहरुलाई सम्मानित गरेका छन् । सम्मानित हुने अन्य करदाताहरुमा यसैगरी विभागले सर्वाधिक कर तिर्ने सूर्य नेपाल प्रा.लि.लाई सम्मान गरेको छ। दोस्रोमा सबैभन्दा बढि कर डाबर नेपाल प्रालि, तेस्रोमा जगदम्बा प्रालि, चौथोमा राष्ट्रिय बाणिज्य बैंक छन्।वर्डलिंक, व्यापारतर्फ महिन्द्रा गाडीको नेपालको अधिकृत बिक्रेता अग्नि इन्कर्पोरेटेड, पर्यटनतर्फ तारागाउँ रिजेन्सी सम्मानित भएको छन्।

मध्यमस्तरीय कर दाता सबैभन्दा धेरै कर तिर्ने कामाना बिकास बैंक छ। व्यक्तिगततर्फ बढि कर तिर्नेमा सिद्धार्थ राणा छन् भने आन्तरिक करतर्फ घोराही सिमेन्ट सम्मानित भएको छ।

प्रकाशित मिति : १ मंसिर २०७६, आईतवार १७:०६