१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

सुदूरपश्चिम पर्यटन दूतमा नेपाल आइडल रवि वड नियुक्त

१ मंसिर, धनगढी । सुदूरपश्चिमको पर्यटन दूतमा नेपाल आइडल सिजन २ का विजेता रवि वड नियुक्त भएका छन् । सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले उनलाई पर्यटन दूतमा नियुक्त गरेको हो । कञ्चनपुरको महेन्द्रनगरमा आयोजित सप्तरंग २ कार्यक्रममा मन्त्री माया भट्टले उनलाई प्रदेशको पर्यटन दूतका रूपमा नियुक्त गरेको घोषणा गर्दै प्रमाणपत्र दिएकी हुन्।

भिजिट नेपाल २०२० लाई सफल बनाउने उद्देश्यले आइडल वडलाई सुदूरपश्चिम प्रदेशको पर्यटन दूतमा नियुक्त गरेको कार्यक्रमका प्रमुख अतिथि रहेकी मन्त्री भट्टले बताइन्। गत वर्ष पुस ५ गते नेपाल आइडल घोषित भएका वड कञ्चनपुर निवासी हुन्।

प्रकाशित मिति : १ मंसिर २०७६, आईतवार १६:०३