१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

सकेसम्म सिङ्गै मुटु बुझाउने छु मेरो प्यारा (गजल)

 –तुलसी न्यौपाने

अन्जान मा नै मैले गल्ती गरे भने नरुनु है ।
त्यो दिल वाट टाढा बसाई सरे भने नरुनु है ।

फुल्छु र फुलाउछु भन्ने सपना बुन्दा – बुन्दै
फुल्नै नपाइ कोपिलामा नै झरे भने नरुनु है ।

तिमी त छौ यो दुनियामाँ मलाई बुझिदीने
बिन्ती प्यारा, अचानक म मरे भने नरुनु है ।

रहर हैन बाध्यता हो, बिदेश जानु पर्ने मैले
तिम्लाई छाडी सात समुन्द्र तरे भने नरुनु है ।

सके सम्म सिङ्गै मुटु बुझाउने छु मेरो प्यारा
फर्किदा म रातो बाकसमा परे भने नरुनु है ।

(ओखलढुंगा हाल काठमाडौं)

प्रकाशित मिति : १५ बैशाख २०७५, शनिबार १३:४१