१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

बाजुरामा जीप दुर्घटनामा परी दुईको मृत्यु, पाँच घाइते


८ फागुन, बाजुरा । बाजुराको बडीमालिका नगरपालिकामा सोमबार साँझ जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएकाछन् । मृत्यु हुनेमा हुम्लाका ४० बर्षे बलबहादुर बुढा र मुगुका कालीबहादुर रावत रहेकोे जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ।

कोल्टीबाट मार्तडी आउँदै गरेको से १ ज ९४० नं को जीप जिल्ला स्वास्थ्य कार्यालयको परिसरबाट ५० मिटर तल साँफे–मार्तडी राजमार्गमा खसेको प्रहरीले जनाएको छ ।  गाडी चालक भने फरार रहेको र उनको खोजी भैरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा पाँचजना घाइते भएका छन् । घाइते हुनेमा सत्य मा विका शिक्षक,नेपाल शिक्षक महासंघका अध्यक्ष जनकबहादुर शाही,गौमुलका गोरखबहादुर रोकाया,हुम्लाका खड्ग रोकाया र कर्णबहादुर रोकाया र जेराका सिंहबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिएकाछन् । प्रहरीका अनुसार दुईजनाको अवस्था गम्भिर रहेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७४, मंगलवार ०९:२४