ताप्लेजुङका ५ स्थानीय तहमा सार्वजनिक बिदा
२५ कात्तिक, ताप्लेजुङ । राष्ट्रिय विभूति तथा किरात धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको १३५औं जन्मजयन्तीका अवसरमा ताप्लेजुङका ५ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।
जिल्लाका ९ स्थानीय तहमध्ये मेरिङ्देन, आठराई त्रिवेणी, सिदिंवा, फक्ताङ्लुङ गाउँपालिका र फुङलिङ नगरपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।
प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार ०९:३६