पार्टी एकतामा शंका नगर्न माअोवादी नेता पुनको अाग्रह
१४ वैशाख, नुवाकोट । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच हुने एकताको विषयमा शंका नगर्न आग्रह गर्नुभएको छ ।
प्रेस सेन्टर नेपालले आज विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “विश्वासको वातावरण बनाउँदै एकतासम्म पु¥याउने काम जिम्मेवारीपूर्वक भइरहेको छ, यसमा कसैले कुनै गर्नु हुदैन् ।”
मन्त्री पुनले “दुबै पार्टीबीच एकता हुन्छ, यस सम्बन्धी अन्तरिम मस्यौदा विधान र आन्तरिक राजनीतिक प्रतिवेदन पनि तयार भइसकेको छ, त्यसैले उपयुक्त समय मिलाएर एकता घोषणा हुनेछ,” भन्नुभयो । रासस
प्रकाशित मिति : १४ बैशाख २०७५, शुक्रबार २१:१४