१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

आफ्ना शेयरधनीलाई नवील बैंकले ३४ प्रतिशत लाभांश दिने

१७ कात्तिक, काठमाडौँ । नवील बैंकले आफ्ना शेयरधनीलाई कूल ३४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत शेयर लाभांश तथा २२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकका कम्पनी सचिव माधवप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १०० कित्ता बराबर १२ कित्ता र २२ प्रतिशत नगद लाभांश अर्थात् प्रतिशेयर रु २२ वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश बैंकको आगामी साधारणसभामा प्रस्ताव गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आईतवार १८:१९