१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

२१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली–१ ले पायो वैदेशिक लगानी, आज सम्झौता हुँदै

१५ कात्तिक, काठमाडौँ । माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना निर्माणका लागि आज सम्झौता हुँदैछ । जलप्रवाहमा आधारित २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली १ निर्माणका लागि अन्तर्राष्ट्रिय ऋणदातासँग आज सम्झौता हुन लागेको हो । आयोजना प्रवद्धक नेपाल वाटार एण्ड इनर्जी डेभलेपमेन्ट कम्पनीले उर्जा मन्त्री वर्षमान पुन र अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितिमा अन्तर्राष्ट्रिय ऋणदातासँग सम्झौता गर्न लागेको हो ।

 

जलविद्युत् आयोजनामा हालसम्मकै सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानी ल्याउने गरी माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजना निर्माणका लागि ऋण लगानीकर्ताको टुंगो लागेको कम्पनीले जनाएको छ । कुल ६४ करोड ७३ लाख अमेरिकी डलर लागत अनुमान गरिएको सो आयोजना निर्माणमा विदेशी लगानीकर्ताको ४५ करोड ३२ लाख अमेरिकी डलर ऋणका रूपमा भित्रिन लागेको हो । ३० प्रतिशत पूँजी कम्पनीले लगानी गर्नेछ । रसुवाको सदरमुकाम धुन्चे र मैलुङको बीचमा पर्ने हाकुमा आयोजना निर्माण हुन लागेको हो ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार १०:३०