४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

बेकरी उत्पादनको मूल्य ३३ प्रतिशत बढ्ने

१४ कात्तिक, सुरुङ्गा । झापाका बेकरी उद्योगले कच्चा पदार्थको मूल्य बढेको कारण देखाउँदै आफ्ना उत्पादनको भाउ बढाउने घोषणा गरेका छन् । आज अपराह्न विर्तामोडमा पत्रकार सम्मेलन गरी उद्योगीले कात्तिक १८ गतेदेखि बेकरी उत्पादनमा ३३ प्रतिशत मूल्य वृद्धि हुने जानकारी दिएका हुन् ।

झापाका ४७ वटा बेकरी उद्योगले मूल्यवृद्धि नगरे व्यवसाय बन्द हुने अवस्थामा पुगेको उल्लेख गर्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । विर्तामोडको गणपति बेकर्स प्रालिका सञ्चालक राजु ढकालले बेकरी उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ, श्रमिकको ज्याला, प्याकेजिङ सामग्री र इन्धनको मूल्यमा उल्लेखनीय वृद्धि हुँदै आएको भए पनि विगत लामो समयदेखि बेकरी उद्योगले मूल्य नबढाएको दाबी गर्नुभएको छ ।

“मूल्य समायोजन रहर नभएर बाध्यता हो”, कञ्चन पाउरोटी उद्योग विर्तामोडकी सञ्चालिक भीमा शिवाकोटी भन्नुहुन्छ, “आम उपभोक्तामाझ गुणस्तरीय एवं स्वास्थ्यवद्र्धक उत्पादन पुर्याउनका लागिसमेत मूल्य बढाउनुपर्ने अवस्था आयो ।”

बेकरी उद्योगीले व्यवसायी, कर्मचारी र सेल्समेनको ३१ बुँदे आचारसंहितासमेत जारी गरेका छन् । जसमा उत्पादनमा अनिवार्यरुपमा उपभोग्य मिति, उत्पादन मिति, व्याच नं र अधिकतम बिक्री मूल्य उल्लेख गरिनुपर्ने उल्लेख छ । उपभोग्य मिति चार दिनसम्म कायम रहने र मूल्य तथा तौलमा एकरुपता ल्याउनेसमेत उद्योगीले ज

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार २०:३९