१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

बाजुरामा कालाजग्रा पर्यटन पदमार्ग निर्माण


१४ वैशाख, बाजुरा । बाजुराको बडीमालिका नगरपालिका–७ मा पर्ने कालाजग्रा जानका लागि पर्यटन पदमार्ग निर्माण गरिएको छ । नगरपालिकाभित्र रहेको पर्यटनको सम्भावना बोकेको उक्त क्षेत्रमा आउने पर्यटकलाई सहजरुपमा आवतजावत गर्नका लागि पदमार्ग निर्माण गरिएको कालाजग्रा संरक्षण समितिका अध्यक्ष लोकेन्द्रबहादुर रोकायाले बताउनुभएको छ ।

कालाजग्राको फेदीमा परापूर्वकालदेखि रहिआएको गुफाताल अवस्थित छ । उक्त गुफाताल माथि देवीको मन्दिरमा गएर रमाउनका लागि हराभरा फाँट प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको छ । पर्यटकीय पदमार्गको करीब डेढ घण्टापछि विभिन्न दृश्य अवलोकन गर्न सकिन्छ । कालाजग्रा क्षेत्रमा रहेको वनमा चिर कालिजसमेत पाइने गरेको अध्यक्ष रोकायाले बताउनुभयो ।

बडीमालिका नगरपालिकाको रु पाँच लाख आर्थिक सहयोगमा निर्माण भएको बडीमालिका नगरपालिका उपप्रमुख कविता विष्टले बताउनुभएको छ । निर्माण गरिएको पर्यटक पदमार्गको नगर उपप्रमुख विष्टले बिहीबार अनुगमन गर्नुभएको थियो ।

पर्यटकीय अनुगमनका क्रममा उपप्रमुख विष्टले ७ नं वडामा निर्माण सम्पन्न भएका र निर्माणाधीन अवस्थामा रहेका योजनाको अवलोकन गरेको कार्यबाहक वडाध्यक्ष धनलाल पाध्यायले जाानकारी दिनुभएको छ । उहाँले दिएको जानकारीअनुसार उपप्रमुुखले भोटेवाडादेखि गुम्बासम्मको बाटो निर्माण, ढम्कनेमा निर्माण गरिएको आलु भण्डारण र सरस्वती आधारभूत विद्यालयको पर्खाल निर्माण, बझांगी बाटो भिरखोलाको बाटो निर्माणको अनुगमन गरेको पाध्यायले बताउनुभयो ।

विष्टले योजना निर्माण दिगो विकासलाई टेवा पुग्नेगरी गरेको बताउनुभएको छ । उहाँले योजना निर्माणले विकासले बडीमालिका नगरपालिका समृद्ध नगर बनाउने बताउनुभयो । स्थानीयले गरेको योजना निर्माण कार्यको उप–प्रमुखले प्रशंसासमेत गर्नुभएको छ । उहाँले नगरलाई समृद्ध बनाउका लागि पहिलो पटक बाटो, खानेपानी, सडकलाई सम्पन्न गरेर आगामी वर्ष अन्य विकास निर्माण कार्य, कृषि, पशुपालनलगायतका योजना नगरले अगाडि बढाउने बताउनुभएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७५, शुक्रबार ११:१६