१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

बन्दको प्रभाव न्यून, कडा सुरक्षाकाबीच सार्वजनिक सवारी सञ्चालन


८ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको आजको नेपाल बन्दको प्रभाव ज्यादै न्यून देखिएको छ । काठमाडौँ उपत्यकामा कडा सुरक्षाकाबीच सार्वजनिक सवारीका साधन र निजी सवारी साधनहरु बिहानैदेखि गुडिरहेका छन । नेत्रविक्रम चन्द विप्लव नेतृवको पार्टीले आफ्ना नेता कार्यकर्ताको गिरफ्तारीको बिरोधमा आज बन्द आह्वान गरेको थियो । विराटनगरमा राष्ट्रिय युवा जनस्वयंसवक संगठनको अधिवेशनमा प्रहरीले हस्तक्षेप गरी नेता कार्यकर्ता पक्राउ गरेपछि उनीहरुको रिहाइमा दबाब दिन बन्द आह्वान भएको नेकपाले जनाएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७४, मंगलवार ०७:४०