१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

मिनीट्रकको ठक्करले १९ महिने शिशुको मृत्यु


८ फागुन, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ आरुबारीस्थित देवी इँटाभट्टामा सोमबार साँझ मिनीट्रकले ठक्कर दिँदा १९ महिने शिशुको मृत्यु भएको छ ।


माटो लाद्ने क्रममा रोल्पा ह्याङ्ग ८ घर भई हाल सोही इँटाभट्टामा काम गर्ने देवेन्द्र बुढा मगरको १९ महिनाको छोरा सविनलाई ठक्कर दिँदा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । ठक्कर दिने सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७४, मंगलवार ०६:५२