११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

कांग्रेस नेता महतको जस्ता प्रकरण चलेकै स्थानमा छहरे-टोखा सुरूङको प्रवेशद्धार

३० असोज, काठमाडौँ । चीनको सहयोगमा राजधानी काठमाडौं र रसुवागढी जोड्ने सडक निर्माण तथा स्तरोन्नति गर्ने सहमति भएपछि नुवाकोट र रसुवाको जनतामा खुशीयाली छाएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिंगको राजकीय भ्रमणका क्रममा काठमाडौं टोखा–छहरे नवाकोटको सदरमुकाम विदुर हुँदै बेत्रावती र स्याफ्रुवेंसीसम्म सुरुङ सहितको सडक निर्माण ग,रिदिन चीन सहमत भएपछि स्थानीयहरू खुशी भएका हुन ।

सडकको पहिलो  अर्थात टोखा-छहरे सुरूङको प्रवेश विन्दु लिखु गाउँपालिकाको छहरे बजार अर्थात नेपाली कांग्रेसका नेताले भूकम्प पीडितको नाममा आएको जस्ता बेच्न लानेक्रममा स्थानीयले नियन्त्रणमा लिएको स्थानमा हुने भएको छ । कांग्रेसका प्रभावशाली नेता एवं पूर्व अर्थमन्त्री डा रामशरण महतका तत्कालीन स्वकीय सचिव रमेश महतले पीडितको नाममा आएको जस्ता बेच्न लैजान लागेको भन्दै स्थानीय र नेपाली कांग्रेसकै नेता कार्यकर्ताले मिलेर नियन्त्रणमा लिएका थिए । अहिले त्यही ठाउँमा चीन सरकारले बनाइदिने सुरूङ मार्गको प्रवेश विन्दु रहने भएको छ।

सुरुङमार्ग निर्माण सहयोग सम्बन्धमा अर्थ मन्त्रालय र चीन अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीबीच सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सम्झौता भएको थियो । उक्त सम्झौता चीनसँग भएका २० समझदारीमध्ये एक हो। सम्झौताले चिनियाँ नाका केरुङ र काठमाडौंबीच उन्नत सडक सम्पर्कका लागि चीनियाँ सहयोग परिचालन गर्न बाटो खुलेको छ। यो समझदारी अनुसार पहिलो चरणमा चीनले काठमाडौंको टोखादेखि नुवाकोट सदरमुकामसम्म सुरुङ सहितको ३२ किमि सडक मार्ग चीनले अनुदानमा निर्माण गरिदिने छ । टोखा–छहरे सुरुङमार्ग भने ७ किमिको बन्नेछ। काठमाडौं रसुवागढी जोड्ने सुरुङमार्ग दुई खण्डमा निर्माण हुनेछ। काठमाडौंको टोखा र नुवाकोटको छहरे तथा रसुवाको बेत्रावती र स्याफ्रुवेंसीमा सडक सुरुङमार्ग निर्माण हुनेछ ।

लगानीबोर्डले पनि टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि प्रस्ताव पेश गरेको थियो। लगानी बोर्डले पेश गरेको प्रस्तावमा सुरुङमार्गको लम्बाई ४।१७५ किलोमिटर हुने उल्लेख छ। २०७१ सालमा गरिएको अध्ययन अनुसार बोर्डले सुरुङमार्ग निर्माण गर्न २६ अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान गरेको थियो। सानो सुरुङमार्ग निर्माण गर्दा धेरै घुम्ती हुने र सडकको लम्बाई पनि बढ्छ। सडकको लम्बाई घटाउन सुरुङ बढाउन खोजिएको हो। सात किलोमिटर सुरुङमार्ग निर्माण गर्दा टोखाबाट विदुरको गँगोटेको ३२ किमि हुनेछ।

सुरूङबारे नेकपाका नेता हितबहादुर तामाङको भनाइ

प्रकाशित मिति : October 17, 2019 at 9:24 pm