१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

‘विज्ञान र संस्कृतिः सम्वन्ध र अन्तर्य’को दोस्रो कार्यक्रम भोलि त्रि-चन्द्रमा हुने


काठमाडौं । यही फागन ८ गते ‘विज्ञान र संस्कृतिः सम्वन्ध र अन्तर्य’को दोस्रो कार्यक्रम रसायनशास्त्र विभाग त्रिचन्द्र क्याम्पसको आयोजनमा सरस्वती सदन घण्टाघरमा हुने भएको छ ।  कार्यक्रममा नेपालका च्याउ वैज्ञानिक डा. महेशकुमार अधिकारीले कार्यपत्र प्रस्तुत गर्नेछन् । उनी विश्वमै १६ वटा ढुंसीका नयाँ प्रजाति पत्ता लगाउने वैज्ञानिक हुन् । नेपालकालागि भने ३५० वटा प्रजाति पत्ता लगाइसकेका छन् ।


मनुस्मृत, महाभारतलगायत थुप्रै पौराणिक ग्रन्थमा पनि च्याउको विशेषताको वर्णन गरेको च्याउविद् डा अधिकारी बताउँछन् । उपत्यकाको नेवार समुदायले जात्राको अवसरमा विषालु च्याउ चिनाउन मुकुट लगाएर प्रदर्शन गर्ने गरेको पाइन्छ । आयूर्वेदमा च्याउको फाइदा र वेफाइदाका बारेमा थुप्रै वर्णन गरिएको पाइन्छन् । तर नेपालमा अझै पनि च्वाउ खाएर वर्षेनी दर्जन मानिस मर्ने गरेको सरकारी आंकडा छ । यद्यपी, च्याउको मात्रै वर्णन गरिएको ‘चरक संहिता’मा उल्लेख भएको च्वाउविद् डा. अधिकारीको भनाइ छ ।

च्वाउमा हालसम्म भएका वैज्ञानिक अनुसन्धान तथ्य प्रस्तुत गरिने छ । जसले नेपाली विद्यार्थीहरुलाई च्वाउमा नयाँ अध्ययन अनुसन्धान गर्न प्रेरणा मिल्ने रसायनशास्त्र विभागका स्नातकतकोतर कार्यक्रमका संयोजक डा सुरेन्द्रकुमार गौतमले बताए । उक्त कार्यपत्रमाथि विवेचना नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान, नास्टका उपकूलपति प्राडा जीवराज पोखरेले गर्नेछ र आगामि दिनमा नास्टले अनुसन्धान भूमिका खेल्ने विषयमा छलफल हुने बताइएको छ । यसले त्रिचन्द्र क्याम्पसमा रसायनशास्त्रमा स्नात्तकोतर तहमा अध्ययनरत विद्यार्थीलाई फाइदा हुने आयोजकको भनाइ छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७४, सोमबार २१:५०