९ मंसिर २०८१, आईतवार | Mon Nov 25 2024

सर्बियामा नेपाल भ्रमण वर्षको प्रचारप्रसार

२९ असोज, काठमाडौँ । अन्तर व्यवस्थापिका सङ्घ (आइपीयू)को १४१ औँ सम्मेलनमा सहभागी हुन सर्बियाको बेलग्रेड पुगेका विभिन्न देशका प्रमुख तथा प्रतिनिधिलाई नेपाल भ्रमणका लागि निम्ता गरिएको छ । भ्रमण वर्ष २०२० को अवसरमा नेपाल भ्रमणको निम्ता तथा नेपाल सरकारले तयार पारेको प्रवद्र्धन सामग्री हस्तान्तरण गरिएको सम्मेलनमा सहभागी सांसद इन्दुकुमारी शर्माले राससलाई जानकारी दिनुभयो ।

आइपीयूमा सहभागी हुन राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सङ्घीय संसद्को प्रतिनिधिमण्डल बेलग्रेडमा छ । सो क्रममा अध्यक्ष तिमिल्सिना तथा प्रतिनिधिमण्डलका सदस्यले नेपाल भ्रमणका लागि सहभागीलाई निम्ता गर्नुभएको हो ।

प्रतिनिधिमण्डलमा राष्ट्रियसभा सदस्य खिमलाल भट्टराई र बद्रीप्रसाद पाण्डे तथा प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमिल्सिना, इन्दुकुमारी शर्मा र रुही नाज सहभागी हुनुहुन्छ । यसैगरी संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँललगायत पनि प्रतिनिधिमण्डलमा सहभागी हुनुहुन्छ । सम्मेलनमा नेपाललगायत १७१ राष्ट्रका सांसद सहभागी छन् । सम्मेलन असोज ३० गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार १४:२४