१८ पुष २०८१, बिहीबार | Fri Jan 3 2025

नेपालकी बोनिता शर्मा विश्वका प्रेरणादायी एक सय महिलाको सूचीमा

२९ असोज, काठमाडाैँ । नेपालकी बोनिता शर्मा विश्वका प्रेरणादायी एक सय महिलाको सूचीमा परेकी छिन । ब्रिटिस बोर्डकास्टिङ कर्पोरेशन (बीबीसी) ले सार्वजनिक गरेको विश्वका प्रेरणादायी एक सय महिलाको सूचीमा शर्मा पनि अटाएकी हुन । बीबीसीले हरेक वर्ष विश्वका प्रेरणादायक १ सय महिलाको सूची सार्वजनिक गर्ने गरेको छ । शर्मालाइ महिला सशक्तिकरण र पोषणको क्षेत्रमा योगदान पुर्‍याएवापत एक सय महिलाको सूचीमा राखिएको बीबीसीले जाएको छ ।

शर्मा सोसियल चेन्ज मेकर एण्ड इनोभेटर्स (सोचाइ) संस्थाकी संस्थापक हुन । उनको नेतृत्वको संस्थाले महिला सशक्तीकरणका साथै पोषणका क्षेत्रमा काम गर्दै आइरहेको छ । शर्माले यसअघि ‘लिड २०३० च्यालेन्ज’ पुरस्कारसमेत हात पारेको थियो । विश्वभरका युवाले दिगो विकास लक्ष्यको प्रगतिका लागि गरिरहेका कामको खोजी गर्ने क्रममा १ सय देशका १ हजार २ सय प्रतिस्पर्धीलाई उछिन्दै सोचाइ पुरस्कृत भएको हो । सोचाइले ५० हजार अमेरिकी डलर पुरस्कार जितेको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार १०:४०