१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

फोहोर गर्नेलाई ठाउँका ठाउँ कारबाही गर्ने मन्त्री पण्डितको चेतावनी


७ फागुन, काठमाडौँ । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले फोहोर गर्नेलाई ठाउँका ठाउँ दण्डित गर्ने बताएका छन । वाग्मती बचाउ अभियानले सोमबार काडमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले फोहर गर्नेलाई ठाउँका ठाउँ कारबाही गरेमात्र समस्या समाधान हुने बताए । उनले वातावरण स्वच्छ राख्न निर्दयी कदम चाल्नका लागि आफू तयारी अवस्थामा रहेको पनि बताए ।

मन्त्री पण्डितले वातावरणलाई स्वच्छ राख्न र मानवमैत्री वातावरण बनाउन आफू ऐन तथा नियम नै संशोधन गर्ने पक्षमा रहेको बताउँदै प्लाष्टिकको थुप्रोले विष्णुमतिको दोभानमा सगरमाथाको जस्तै चूचुरो बनाएको भन्दै चिन्ता व्यक्त गरे ।

प्रकाशित मिति : ७ फाल्गुन २०७४, सोमबार २१:१६